२०८१ जेठ १ , मंगलबार

अनाथालयलाई सहयोग गर्न मन्त्री आचार्यको प्रतिबद्धता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ‘मामाघर अनाथालय’लाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गोदावरी नगरपालिका–१४ बाँडेगाउँस्थित मामाघर अनाथालय आश्रममा भइरहेको श्रीमद्भागवत कथा श्रवण गर्दैै मन्त्री आचार्यले अनाथ बालबालिका, असहाय महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सशक्त नागरिकको संरक्षण तथा सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

अनाथालयको उद्घाटन गर्दै मन्त्री आचार्यले गोदावरी नगरपालिका–३ र १४ वडासित पनि अनाथालयलाई सहयोग गर्न आग्रह गर्नुभयो । पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले सो अवसरमा अनाथालयलाई रु १० हजार दान गर्नुभयो । हिन्दू धर्मबारे नयाँपुस्तालाई बुझाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले सनातन धर्मलाई जोगाउनु अतिआवश्यक भएको बताउनुभयो ।
रासस