२०८१ बैशाख २२ , शनिवार

‘द रेड सुटेकस’ को टिजर सार्वजनिक

thumb

सुनाखरी न्युज/ काठमाडौं ।
‘द रेड सुटेकस’ को टिजर सार्वजनिक भएको छ । फिडेल देवकोटा निर्देशित  फिल्मको दुई मिनेट लामो भिडियो क्लिपसँगै पोस्टर बिहीबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक क्लिपमा देश छाड्ने र देश फर्कनेको नियति देखाइएको छ । फिडेलको डेब्यु निर्देशन फिल्मको क्लिप र पोस्टर अमेरिकी म्यागेजिन भेराइटीमार्फत सार्वजनिक गरिएको हो । निर्देशक फिडेल र निर्माता रामकृष्ण पोखरेलको भनाइ उद्धृत गर्दै भेराइटीले फिल्ममा नेपाल र श्रीलंकाबीचको दुर्लभ सहकार्य रहेको उल्लेख गरेको छ ।

 

फिडेलकै लेखन रहेको फिल्ममा नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा सामान लिएर सुदूर गाउँमा जाने चालकको रहस्यमय कथा प्रस्तुत गरिएको छ । भेनिस फिल्म फेस्टिभलको होराजेन्टे विधामा प्रतिस्पर्धामा रहेको ‘द रेड सुटेकस’ को आज वर्ल्ड प्रिमियर हुँदै छ ।

वर्ल्ड प्रिमियरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ सहभागी हुँदै छन् । फिल्म आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन् । श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा फिल्मको सहनिर्माण गरेका हुन् ।