२०८१ बैशाख ३१ , सोमवार

आक्रमणविरुद्ध एक हुन गणतन्त्रवादीलाई आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका रामहरि खतिवडाले राजावादीका नाममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको र यस्ता घटनाको विरोधमा सम्पूर्ण गणतन्त्रवादी एकताबद्ध हुनुपर्ने बताउनुभयो । सोही पार्टीका मुक्ताकुमारी यादवले दिनदहाडै काठमाडौँको केन्द्रविन्दुमा धारिलो हतियार प्रहार हुनु सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको बताउनुभयो ।

नेकपा (एमाले) का जुलिकुमारी महतोले चीनले हालै प्रकाशन गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नक्सा समावेश नगरेकामा सरकारले कूटनीतिक नोट लेख्नुपर्नेमा जोड दिनुभयो । सोही पार्टीका वासुदेव घिमिरेले बन्द भएका अधिकांश छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा भारतसँगको सीमानाकामा तस्करी मौलाउनाका साथै राजस्व पनि गुमे छ भन्नुभयो ।

एमालेकै रणकुमारी बलम्पाकीमगरले झापाको बजारमा उपभोग्य वस्तुको भाउ दिनदिनै बढेकाले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।
रासस