२०८१ बैशाख २० , बिहिवार

५१ वटा विद्युतीय फाष्टचार्जिङ स्टेसनको उद्घाटन, विद्युतीय सवारी र दीगो विकासमा नयाँ यात्राः ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमानिर्माण गरेको ५१ वटाविद्युतीय सवारी साधनको अत्याधुनिकफाष्टचार्जिङ स्टेसनको उद्घाटन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीशक्तिबहादुर बस्नेत र सचिवदिनेशकुमार घिमिरेले संयुक्त रुपमाकाठमाडौंको नेपालपुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्टचार्जिङ स्टेसनका उद्घाटन गर्नुभयो । प्राधिकरणको लगानी र एसियालीविकास बैंकको सहुलीयतपूणऋणतथानर्वे सरकारको प्राविधिक सहयोगमाविद्युतीय सवारीचार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशकामुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१वटाविद्युतीय सवारी साधनछिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसननिर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँलागतमानिर्माण गरिएकाचार्जिङ स्टेसनमध्ये २६ वटामाठूला बस, माइक्रो, ट्रक, पिकअपतथा कार र २५ वटामा साना÷ ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छऊर्जा खपतमार्फत कार्वन उत्सर्जन तथाजलवायु परिवर्तनकाप्रभावहरु न्यूनिकरणमार्फत देशको दीगो विकासमामहत्वपूर्ण पाइलाभएको बताउनुभयो । विद्युतीय सवारी साधानको प्रवर्धनमानीतिगततथाकानुनीव्यवस्थाकालागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीयगाडी नेपालमै उत्पादन गर्नका लागिलगानीकर्तालाई आकर्षित गर्न कार्य भइरहेको बताउनुभयो ।

आन्तरिक रुपमाविद्युतखपतबढाउने महत्वपूर्ण क्षेत्र यातायातभएको उल्लेख गर्दै ऊर्जा सचिवघिमिरेलेविद्युतीय सवारी साधनको प्रयोगले प्रतिव्यक्तिऊर्जा खपतबढाउन सहयोग पुग्ने बताउनुभयो । प्राधिकरणकाकार्यकारी निर्देशककुलमानघिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताउनुभयो । विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्ने भन्दा १५÷२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिकमुद्रा सञ्चितिमापनि सकारात्मक योगदानपुग्ने बताउनुभयो । उहाँले प्राधिकरणले देशभर थप ५सय वटाचार्जिङ स्टेसन स्थापना गर्न लागेको उल्लेख गर्नुभयो ।

एसियालीविकास बैंककीदक्षिणएसियाऊर्जा महाशाखाप्रमुख सुजातागुप्ताले कार्वनउत्सर्जन घटाउने यातायातमहत्वपूर्ण क्षेत्र भएकाले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माणमा जोड दिनुभयो । चार्ज गर्दा कारहरुमाऔसत सत्तरी पैसा, एसयूभिहरुमाअसी पैसा, माइक्रोबसमानब्बे पैसा र बसहरुमा एक रुपैयाँबीस पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ । नेपालमाउपलब्ध सवारी साधनहरुमा रहेको व्याट्रीक्षमताअनुसार कम्तीमाआधाघण्टादेखि १ घण्टासम्ममाचार्ज पूर्ण हुन सक्छ।

 

आन्तरिक रुपमाविद्युतको खपतबढाउन, पेट्रोलियमपदार्थको खपतकम गरी आयातघटाउन र विद्युतीय सवारी साधनप्रयोगमार्फत वातावरण मैत्रीयातायातप्रणालीको विकासकाचार्जिङ स्टेसन स्थापना गरिएको हो । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाटक्षमताको चार्जर, त्यसमाविद्युतआपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइनविलिङ प्रणालीको जडानगरिएको छ । चार्जिङ स्टेसनमाछिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटकाडिसी र २२ किलोवाटकाएसीचार्जरहरु राखिएकाछन् । यसबाटठूला बससहिततीनवटा सवारी साधनले एक साथचार्ज गर्न सकिने छ । चार्जिङ स्टेसन निर्माणआपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मत सम्भारका लागिवाङवाङ डिजिटलइनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीन सँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौताभएको थियो ।

सञ्चालनमाआएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदारकम्पनीले नै गर्ने छ । ३ सयभन्दाबढीचार्जरलाई सेवादिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५१वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाटहुनेछ । सवारी साधनको चार्ज गरिसकेपछिग्राहकले क्यूआर कोड र मोवाइलएपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

क्र.सं. स्थान जिल्ला सङ्ख्या
१ धार्के धादिङ २
२ मुग्लिङ चितवन १
३ साझा सेवाबल्खु काठमाडौं २
४ साझा सेवापुल्चोक ललितपुर १
५ नेपालविद्युतप्राधिकरण, रत्नपार्क काठमाडौं १
६ नेपालपुलिस क्लब, भृकुटीमण्डप काठमाडौं १
७ पारस बसपार्क चितवन २
८ खुर्कोट सिन्धुली २
९ सिन्धुलीबसपार्क सिन्धुली १
१० इलाकाप्रहरी कार्यालय बर्दिबास महोत्तरी २
११ हरिवन सर्लाही २
१२ इनरुवाबसपार्क सुनसरी १
१३ प्रहरी पेट्रोल पम्प, लाहान सिराहा २
१४ कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की २
१५ पर्यटक बसपार्क पोखरा कास्की १
१६ दमक बसपार्क झापा २
१७ बेलकानगरपालिका उदयपुर २
१८ बिर्तामोड बसपार्क झापा २
१९ सुर्खेत बसपार्क सुर्खेत २
२० हेटौडा, रातमाटे मकवानपुर २
२१ विद्युतप्राधिकरणतालिम केन्द्र खरिपाटी भक्तपुर १
२२ प्रहरी पेट्रलपम्प, सामाखुसी काठमाडौं २
२३ बेगनास ताल, पोखरा कास्की १
२४ बुटवलबसपार्क रुपन्देही २
२५ इटहरी सुनसरी १
२६ विराटनगर मोरङ १
२७ कोहलपुर नयाँबसपार्क बाँके २
२८ धनगढी कैलाली २
२९ त्रिशूलीहावा घर नुवाकोट १
३० बट्टार, त्रिशूली नुवाकोट १
३१ कुश्मा पर्वत १
३२ लमहीबसपार्क दाङ २
३३ लम्की कैलाली १
जम्मा ५१
स्रोत : नेपाल विद्युत प्राधिकरण ।
रासस