२०८३ श्रावण २४ , आइतवार

उपमहासचिव खतिवडालाई मातृशोक

Capture (3)

सुनाखरी न्युज  /  काठमाडौं  ।

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

 

उहाँकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिनुभयो । मालतीका एक छोरा र तीन छोरी हुनुहुन्छ ।

 

उहाँको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।रासस