२०८१ जेठ ५ , शनिवार

नेप्सेमा सुधार, ६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

Share-Working

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकको सुधार भएको छ । आज नेप्से ७.०४ अंकले बढेर एक हजार ९ सय ६७ दशमलब ८३ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज एक अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ कम्पनीकोे शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्री स्टार हाइड्रोपावर लिमिटेड १० प्रतिशतले बढेको छ भने दोल्टी पावर कम्पनीको शेयरमूलय ९.९९ प्रतिशतले बढेको छ । यस्तै, आज ग्रिन भेञ्चर्स लिमिटेड, रु रु जलविद्युत कम्पनी, आशा लघुवित्त वित्तीय संस्था र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयरमूलय पनि ९ प्रतिशत भनदा बढीले बढेको छ ।

 

आज लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज ५ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।