
सुनाखरी न्युज/ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई बाधा–अवरोध नपुऱ्याउन आग्रह गरेको छ। प्रशासनले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा वक्तव्यबाजी नगर्न आग्रह गरेको हो।
‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ जिल्ला प्रशासनको विज्ञप्तिमा उल्लेख छ। कार्यक्षेत्रमा खटिएका कर्मचारीहरूबारे कुनै गुनासो भए तथ्य–प्रमाणसहित सम्बन्धित अधिकारीसमक्ष जानकारी गराउन प्रशासनको आग्रह छ।
