२०८१ बैशाख १५ , शनिवार

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

Samsads

सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गर्नुभयो ।

सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका सडकको मर्मत सम्भार गर्न माग गर्नुभयो । उहाँले प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि रू १७ लाख दिने घोषणा गरेकामा हालसम्म नदिइएको भन्दै उक्त रकम छिटो दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद अब्दुल खानले बर्दियाबाट ३५ वटा सीमास्तम्भ हराएको उल्लेख गर्नुहुँदै विगतदेखिकै सरकार मौन बस्दै आएकामा आपत्ति जनाउनुभयो । उहाँले सीमास्तम्भ हराउने र बगाउने कुराको निदान गर्नुपर्ने बताउनुभयो । सांसद खानले नीतिगतदेखि उपभोक्ता समितिसम्म भ्रष्टाचार बढेको जनाउँदै भ्रष्टाचारका विरुद्ध प्रभावकारी रुपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
रासस