२०८३ श्रावण २४ , आइतवार

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराद्वारा वृक्षारोपण

Capture – 2023-09-04T124149.351

सुनाखरी न्युज/ पोखरा । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष अनिता गुरुङले तालिम केन्द्र परिसरमा एभोकाडो, अमला, अनार, निम लगायतका अन्य बिरुवाहरु रोप्दै कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले पर्यावरण जगेर्ना गर्न बोटबिरुवाले अहम भुमिका निर्वाह गर्ने बताउदै मानव स्वास्थ्य र वातावरणमा ह्रास आउन नदिन बृक्षारोपण गर्नु पर्नेमा जोड दिनुभयो ।

पौडेलले उक्त अवसर प्रदान गरिदिनु भएकोमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष अनिता गुरुङ लगायत सम्पुर्ण पदाधिकारीहरुलाई धन्यबाद समेत व्यक्त गर्नुभयो ।