२०८१ जेठ ५ , शनिवार

फोटोनको टीएम वान विद्युतीय ट्रकको फुल लोअड सामान बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालोमा सफल परीक्षण

Capture – 2023-09-03T105639.254

सुनाखरी न्युज/ काठमाडौं । फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्यूतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्र खुट्टेको उकालो सजिलै पार गर्न सफल भएको छ।

 

फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले हालै उक्त परीक्षण गरेको थियो। फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्छ। एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ।

 

उक्त, टीएम वान विद्युतीय ट्रक यसपाली हुन गैरहेको को NADA 2080, बिशेस ओफ्फ़र का साथ प्रदर्सन गर्ने जनाएको छ ।