२०८१ जेठ ४ , शुक्रवार

सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

Capture – 2023-09-03T105003.079

सुनाखरी न्युज/ काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित हुनुभएको छ । सेजनको शनिबार राजधानीमा सम्पन्न २५ औं र्वािर्षक साधरण सभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

ओलिले ९९ भोट निकटतम प्रतिद्वन्दी शिरोमणी ढुङ्गानाले ९६ मत प्राप्त गर्नुभएको छ । साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित हुनुभएको छ । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित हुनुभएको छ । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ। सचिवमा सोभित थपलिया निर्वाचित हुनुभएको छ । थपलियाले १०६ मत पाउनुभएको छ । कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित हुनुभएको छ।

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित हुनुभएको छ । सेजनको निर्वाचनमा कुल २७१ मध्ये २५२ मत खसेको थियो ।