२०८१ बैशाख १६ , आइतवार

जिम्मेवारी त्रुटिरहित ढङ्गबाट निर्वाह गर्न महानिरीक्षकको निर्देशन

Capture (23)

सुनाखरी न्युज/ काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदीय जिम्मेवारी त्रुटिरहित ढङ्गबाट निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आज बढुवा भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदानपछि आयोजित समारोहमा उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान हुँदै सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

उहाँले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्णक्षमता, व्यावसायिकता, इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै फौजी परम्पराको रक्षा गर्नु सबै तहका राष्ट्रसेवकको दायित्व रहेको उल्लेख गर्नुभयो ।

नेपाल सरकार गृह मन्त्रालय (उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को भाद्र ११ गतेको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुनुभएका वरिष्ठ अधिकृतलाई उहाँले आज दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र प्रहरी उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा हुनुभएका हो । महानिरीक्षक अर्यालले व्यावसायिक जीवनमा पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्नुहुँदै व्यावसायिक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम स्वरुप पदोन्नति भएको बताउनुभयो ।
रासस