२०८१ जेठ ४ , शुक्रवार

महँगियो सुन

gold1

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो। रासस