२०८१ बैशाख २७ , बिहिवार

बिगमार्टमा तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १५% सम्म छुट पुनः सुचारु  

Capture – 2023-08-31T102719.179

सुनाखरी न्युज/ काठमाडौं । स्मार्ट क्यूआरले बिगमार्ट सँग सहकार्य गरेको छ । जस अन्तर्गत बिग मार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआर मार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ ।

 

उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन् । यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

 

साथै स्मार्ट क्युआर र नेपाल पे क्युआर को अन्तर आबद्धता सुचारु भए संगै नेपाल पे मा आबद्ध भै स्मार्ट क्युआर मा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्ने छ ।