२०८१ बैशाख २१ , शुक्रवार

बढ्यो सुनको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं ।नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

हिजो र आज गरी सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढिसकेको छ। आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो।