२०८१ जेठ ५ , शनिवार

नेप्सेमा सामान्य गिरावट, ८६ करोडको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो तेस्रो दिन आज मंगलबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ५.०५ अंकले घटेर एक हजार ९ सय ९३ दशमलब ४२ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज ८६ करोड ५१ लाख २० हजार बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६९ कम्पनीको शेयरमूल्य बढेको छ भने १४४ कम्पनीकोे शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९३३.१० रुपैयाँ पुगेको छ । यसका साथै आज ग्लोबल आइएमइ ब्यालेन्स फण्डको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

 

आज स्वाभिमान लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ३ करोड ४६५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।