२०८१ बैशाख २७ , बिहिवार

शाओमी प्याड ६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध

Capture – 2023-08-29T122821.938

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले११ इन्चको डिस्प्ले,क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ।

 

केवल ४९० ग्रामतौल र ६.५१ मिलिमिटर चौडाई भएको यो प्याड ६ एकदमै हलुका र उपयोगी छ। साथै, आईपी ५३ रेटेड भएकोले यसले कुनै पनि समस्याबिना केहि मात्रामापानी र धुलो पनि ह्यान्डल गर्न सक्छ। इमेल र कल जस्ता कामकालागिप्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूकालागिशाओमी प्याड ६ एउटा कम्प्याक्ट अल–इन– वान सोल्युशनहो। साथै भिडिया हेर्ने वा संगीत सुन्ने जस्ता रमाइलो कुराहरूकालागिपनिशाओमी प्याड ६ प्रयोग गर्न सकिन्छ। शाओमीले यस प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशनपनि रिलिज गर्ने तयारी गरेको छ।

 

लन्चको बारेमाबोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर,  मनु मनस्वीज्युले भन्नुभयो,“शाओमी प्याड ६ बजार माल्याउनपाउँदाहामीउत्सहित छौँ! हामीले सबैको जीवनलाई अझ राम्रो बनाउन सुविधाहरूले भरिपूर्ण डिभाइस ल्याउन कडा मेहनत गरेका छौ। यसको आकर्षक डिजाइन र शक्तिशालीक्षमताहरूका साथ, हामीविश्वस्त छौं कि शाओमी प्याड ६ सबैको मनपर्ने नयाँग्याजेट हुनेछ।”

प्रोसेसरः
शाओमी प्याड ६ को मूलभागमाशक्तिशाली स्न्याप्ड्रागन ८७० प्रोसेसर छ, एउटा यस्तो पावरहाउस जसले उपभोक्ताहरुलाई संधै सबैभन्दा अगाडी राख्ने ग्यारेन्टी दिन्छ। यस किसिमको प्रोसेसरका साथकार्यहरू निर्बाध रूपमाएकान्तरण गर्न सकिन्छ, रिसोर्स – इन्टेन्सिभएप्लिकेशनहरू कार्यान्वयन गर्न सकिन्छ, र एक छरितो पर्फर्मेन्स अनुभव गर्न सकिन्छ जसका कारण सहज रूपमाप्रयोगकर्ताका मागहरू पूरा हुन्छ। स्न्याप्ड्रागन ८७० प्रोसेसरले मल्टिटास्किङ र एप म्यानेजमेन्टको सहजएग्जिक्युशन सुनिश्चितगर्दै एक उत्तरदायी र गतिशील ट्याब्लेट प्रयोग गर्ने अनुभवप्रदानगर्दछ।

डिस्प्लेः
शाओमी प्याड ६ को स्ट्राइकिङ २७.९४ सेन्टिमिटर (११ इन्च) को डिस्प्ले मार्फत उत्तमभिजुअलब्रिलियंस प्राप्त गर्न सकिन्छ । यसको २८८० ह १८०० पिक्सेल र उल्लेखनीय ३०९ पिपिआईको प्रभावशाली रिजोल्युसनको संकलनमा बेजोड स्पष्टतासंग प्रत्येक इमेज र भिडियो जीवितहुन पुग्छ। यसको १४४ हर्ज रिफ्रेस रेटले सहजएनिमेसन र ट्रान्जिसनको ग्यारेन्टी दिन्छ, त्यसैगरी ५५० निट्स (टिपिकल) सम्मको ब्राईटनेसले उज्यालो वातावारनमापनिमनमोहकभिजुअलहरु सुनिश्चितगर्दछ। १ बिलियनभन्दा बढी रङहरू समर्थन गर्न सक्ने र डिसिआई – पिथ्री संग कम्प्याटिबिलिटि भएको शाओमी प्याड ६ ले जीवन्तता र ट्रु–टु–लाईफ प्रतिनिधित्वद्वारा चिनिने एक असाधारण भिजुअलअनुभवप्रदानगर्दछ।

क्यामेराः
शाओमी प्याड ६ को क्यामेराको क्षमताहरु संग, जो कोहीले आफ्नो रचनात्मकअभिव्यक्ति को उपयोग गर्न सक्छ। यसको १३ एमपी रियर क्यामेराले ३० एपÞmपिएस मा ४ के भिडियो रेकर्डिङहरु गर्न सहज बनाउँछ, जसले गर्दा जीवनकाअनमोल क्षणहरूलाई आश्चर्यजनक परिशुद्धताका साथक्याप्चर गर्न सकिन्छ। एडभेन्चरलाइ डक्युमेण्ट गर्न होस् वा कन्टेन्ट क्रिएट गर्न , शाओमी प्याड ६ एक असली साथीको रूपमाकामगर्दछ। यसको ८ एमपी को फ्रन्ट क्यामेरा ३० एपÞmपिएस माफुल एचडी भिडियो रेकर्ड गर्न सक्षम छ र भिडियो कल र सेल्फीपनिक्लियर देखाउँछ।

ब्याट्री र चार्जिङः
एक ८८४० एमएएच (टिपिकल) ब्याट्री संग सुसज्जितशाओमी प्याड ६ ले दिनभरीनिर्बाध गतिविधि को सुविधाप्रदानगर्दछ जसका कारण उपभोक्ताहरुले निरन्तर रुपमापावर आउटलेट खोजिरहनु पर्दैन। शाओमी प्याड ६ संग प्रोडक्टिभिटि र मनोरञ्जन बीचनिर्बाध रूपमा ब्याट्री सकिने चिन्ताबिना शिफ्ट गर्न सकिन्छ । ट्याब्लेटहरुमाहुने पोटेन्शियललाई इष्टतम रूपमाउपयोग गर्न सक्षमशाओमी प्याड ६ निरन्तर प्रयोग गर्न सकिन्छ।

नेटवर्क र कनेक्टिभिटिः
शाओमी प्याड ६ ले यसको उन्नत कनेक्टिभिटीका फिचरहरूका कारण जस्तो सुकै लोकेशनमापनि अटल कनेक्टिभिटि सुनिश्चितगर्दछ। यसको ब्लुटुथ ५.२ र वाईफाई ६ को समर्थन, र ८०२.११ ए÷बि÷जी ले उच्च–गति र भरपर्दो इन्टरनेट कनेक्शनप्रदानगर्दछ । चाहे त्यो कामहोस् , कन्टेन्ट स्ट्रिमिङ, वा वेब ब्राउजिङ, शाओमी प्याड ६ ले सबैभन्दामहत्त्वपूर्ण मामिलाहरूमा निरन्तर कनेक्शनको ग्यारेन्टी दिन्छ।

शाओमी प्याड ६ किबोर्डः
शाओमी प्याड ६ को अतिरिक्त, शाओमीले प्रस्तुतगर्दछ शाओमी प्याड ६ कीबोर्ड, जसले प्रोडक्टिभिटिलाई नयाँउचाइमापुर्याउँछ। प्रयोगकर्ताहरूले ल्यापटप जसरी प्रयोग गर्न, इमेल संरचना गर्न, कागजातनिर्माण गर्न , र नोट–लिन जस्ता कार्यहरू सरल बनाउन सजिलैसँग किबोर्डलाई आफ्नो प्याड ६ मा कनेक्ट गर्न सक्नुहुन्छ। स्लीक डिजाइन र रेस्पोन्सिभ कुञ्जीहरू प्रस्तुतगर्दै, शाओमी प्याड ६ किबोर्डले दक्षताप्रवर्द्धनगर्दै र परिष्कृत क्षमताहरूलाई सक्षमपार्दै शाओमी प्याड ६ ट्याब्लेटलाई बहुमुखीकार्यस्थानमा रूपान्तरण गर्छ।

शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनः
शाओमीको इनोभेशनप्रति प्रतिबद्धता अनुरूप, यस कम्पनिले स्मार्ट पेन सेकेन्ड जेनेरेशनअनावरण गरेको छ। थ्री – एक्सिस एक्सेलेरोमिटरसँग जोडिएको, यो उन्नत स्टाइलसले शाओमी प्याड ६ लाई कम्प्लिमेन्ट गर्दछ , जसले सहज र सटीक लेखन र ड्रविङ्ग अनुभवप्रदानगर्दछ। नोट लिनहोस् , आइडिया स्केचिङ गर्न होस , वा रचनात्मकअभिव्यक्ति गर्न , शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनले यसको १५० –घण्टा ब्याट्री लाईफसंग विचारहरूको निर्बाध फ्लो सुनिश्चितगर्दछ। इन्हान्ड्ससेन्सिटिभिटि र एर्गोनोमिक डिजाइनले यसलाई क्रिएटिभिटि एक्सप्रेस गर्नको लागिपर्फेक्ट टूल बनाउँछ।

Specifications:

  Xiaomi Pad 6 Xiaomi Pad 6 Keyboard Xiaomi Smart Pen
Dimensions Height: 253.95mm

Width: 165.18mm

Thickness: 6.51mm

Weight: 490g

160 mm * 8.8mm

Weight: 13 g

 

344.49*255.36*8.8 mm
Display Size: 27.94cm (11”)

Resolution: 2880*1800

309 ppi

Refresh rate: 144Hz

Brightness: 550nits (typ)
Over 1 billion colors

Supports DCI-P3
Dolby Vision®
Corning Gorilla Glass

   
Processor Snapdragon™ 870    
Camera Rear camera: 13MP

4k | 30fps

1080p | 30fps

720 | 30fps

Front camera: 8 MP

1080p | 30fps

720p | 30fps

   
Speaker 4 speakers

Dolby Atmos® supported

   
Storage and RAM 6GB+128GB, 8GB+256GB

LPDDR5 RAM + UFS 3.1 Storage

   
Battery 8,840mAh (typ)

Charging: 33W Wired

40mAh Lithium Battery

150 Hours Battery Life

Charging: Wireless

 
Connectivity Bluetooth 5.2

WiFi 6, WiFi 5, WiFi 4 and 802.11a / b / g

Sensor: Three-axis Accelerometer

Bluetooth: Yes

Palm Rejection: Yes

 
Operating System MIUI 14 for PAD    

बजार उपलब्धता
भदौ १५गते बाट बजारमा उपलब्ध हुने यो फोन ११भदौदेखि १४ भदौसम्म दराजमा प्रि–बुकिङको लागि उपलब्ध हुनेछ। शाओमी प्याड ६ नेपालमा मिस्ट ब्लू र ग्रेफाइट ग्रे गरीदुई रंगहरूमादुईवटा स्टोरेज भेरियन्टहरूमा उपलब्धहुनेछः ६ + १२८ जीबी र ८+२५६ जीबी।

 

नेपालमाशाओमी प्याड ६ को ६+१२८ जीबी भेरियन्टको मूल्य रु. ३९,९९९ रहेको छ, र ८+२५६ जीबी भेरियन्टको मूल्य रु. ४३,९९९ रहेको छ । साथै, शाओमी प्याड ६ किबोर्डको मूल्य रु. ८,४९९ र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनको मूल्य रु. ९,९९९रहेको छ।