२०८१ जेठ ५ , शनिवार

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरू

ndac

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा  राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरू भएको छ । प्रधानमन्त्री दाहालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औं बैठक प्रारम्भ भएको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा मन्त्रीहरु, मूख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरुसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी उपस्थित छन् । यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति छ ।

 

बैठकको सुरुवातमा योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् । बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा महत्वपूर्ण निर्णयहरू लिनेछ ।