२०८२ फाल्गुन २९ , शुक्रवार

ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार, प्रधानमन्त्रीले गरे हस्तान्तरण

Abas

सुनाखरी न्युज/ काठमाडौं ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवासगृह ललितपुरको भैंसेपाटीमा  तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् ।

प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए ।

 

 

सरकारी आवास तयार भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउनेछन् । आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ८५ करोड रुपैयाँ लागतमा यी भवन तयार भएका हुन् ।