२०८१ बैशाख २३ , आइतवार

मेगा स्टक मार्केट्स लिमिटेडको विधिवत समुद्घाटन

Capture – 2023-08-27T110541.888

सुनाखरी न्युज/ काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवसरमा पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रारम्भ गरेको छ ।

 

होटल एलोफ्तमा आयोजना भएको उक्त समारोहको अध्यक्षता कम्पनीका अध्यक्ष प्रा.डा गोविन्द नेपालज्यूले गर्नुभएको थियो भने समुद्घाटन प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालर विशेष अतिथि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.का अध्यक्ष  पृथ्वीबहादुर पाँडे बाट संयुक्त रुपमा भएको थियो । विशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्ज लि.का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीसहभागी हुनु हुन्थ्यो । उक्त समारोहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. तथा एनआइएमबी एस क्यापिटल लि.का सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

 

कम्पनीले सुशासन, नियमपरिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिबद्घता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शिर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जानकारी समेत गराईएको थियो । उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले कम्पनीलाई सफलताको शुभकामना दिँदै लगानीकर्ताको हकहित संरक्षणमा केन्द्रित हुने, पूँजीबजारको बिकासमा टेवा पुर्याउने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।

 

२०८० भाद्र १० गतेका दिनबाट लगानीकर्ताहरुले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् । सोका लागि ग्राहक वर्गले https://tms75.nepsetms.com.np/login मा लगइन गर्नु पर्ने छ । थप विवरणका लागि www.megastock.com.np मा हेर्न सकिने छ ।