२०८१ बैशाख २३ , आइतवार

सबै प्रकारका विभेद र असमानता अन्त्य जरुरी : अध्यक्ष ओली

KP-Sharma-Oli (1)

सुनाखरी न्युज/ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताउनुभएको छ ।

गृहनगर दमकमा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न निमल्ने बताउनुभयो । उहाँले ‘कोशी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राख्नुभयो ।

उहाँले केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको दाबी गर्नुभयो । कोशी प्रदेश नामकरण हुँदा सबैलाई राम्रो हुने भन्दै उहाँले जातीयताका नाममा विवाद गर्न नहुने बताउनुभयो । रासस