२०८१ बैशाख २० , बिहिवार

किन झुण्डाइन्छ कागती र खुर्सानीको माला ?

kagati

सुनाखरी न्युज  / काठमाडौं –  पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ ।

 

खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याउने गरेको बताइन्छ ।वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ । कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन् ।

एउटा कागती र सातवटा खुर्सानीलाई धागोमा उन्नुपर्छ । आफ्नो ढोकामा झुण्ड्याउनुस् र प्रत्येक हप्ता परिवर्तन गर्नुस् ।