२०८३ श्रावण २३ , शनिवार

विद्युत प्राधिकरणको कार्यालयमा आगलागी

fire

सुनाखरी न्युज  / काठमाडौं –  नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।

 

काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । काठमाडौं महानगरपालिकाका एसपी विष्णु जोशीले एक घण्टापछि आगो नियन्त्रणमा आएको जानकारी दिए ।

 

आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।