२०८१ बैशाख २० , बिहिवार

सुनको भाउ स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं । नेपाल बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तोजबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो।