२०८१ बैशाख २२ , शनिवार

स्टाइलिश डिजाइन र शक्तिशाली पर्फमेन्श सहित भिभो वाई २७ सर्वोत्कृष्ट

Capture (88)

सुनाखरी न्युज/ काठमाडौं । आधुनिक युगमा,स्मार्टफोन हाम्रो दैनिक जीवनको अपरिहार्य र महत्वपूर्ण पक्षबनि सकेको छ। प्रयोगकर्ताहरू राम्रो क्यामेरा क्षमता, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शन भएका स्मार्टफोनहरू खोज्छन् । यी उपकरणरू केवल ग्याजेटमा मात्र सिमित नभएर एक विश्वसनीय साथी भइसकेका छन्।

हालै, विश्व प्रसिद्ध स्मार्टफोन ब्रान्ड, भिभोले बजारमा आफ्नो वाई सिरिज अन्तर्गत नयाँ स्मार्टफोन – वाई२७ सार्वजनिक गरेको छ ।भिभोको यो नयाँ स्मार्टफोनले डिजाइन र कार्यसम्पादनका हिसाबले कुनै सम्झौता नगरी हरेक पक्षमा उत्कृष्ट विशेषताप्रदान गरेको छ ।र यो स्मार्टफोन निस्सन्देह नैआजको स्मार्टफोन बजारमा उपलब्ध एक सर्वोत्कृष्ट उपकरण हो । आउनुहोस् यस स्मार्टफोनको बारेमाविस्तृतमा कुरा गरौं ।

 

अत्याधुनिक शैली
आजकोयुग, जहाँ सरलता एउटा नयाँ प्रवृति बनेको छ त्यहाँ भिभोले सही उपकरणहरु ल्याएको छ। नयाँ वाई २७ डुअल रिङ्ग डिजाइनको साथ आउँछ, जसले रिङ्गकोआकारबाट प्रेरित भएर सुनको जडलाई मसिनो रेखाहरू सँग मर्ज गर्दछ। यसको ज्योमेट्रिक डिस्प्लेलेसौन्दर्य शास्त्र तथा सुन्दरताको उल्लेखनीयभावना देखाउँछ। ग्लिटर एजी को म्याट सर्फेस मुलायमभएतापनि स्क्रयाच, एब्रासन र फिंगरप्रिन्ट प्रतिरोधी छ ।

 

२.५डी फ्ल्याट फ्रेममा उपलब्ध यो फोन निकै स्लिम छ। हाल, वाई२७दुई आकर्षक रंगहरू– बरगन्डी ब्ल्याक र सी ब्लूमा उपलब्ध छ। बरगन्डी ब्ल्याकले शानदार वाइनरेड र रिच ब्ल्याक टोनहरू संयोजन गर्दै अन्ततःडिपरेडको सिमरिङ्ग सेडमा रूपान्तरण हुन्छ। अर्को तर्फ, सी ब्लूले स्पार्कलिंग ब्लू सी को स्फूर्तिदायी र रमाइलो सारलाई झल्काउदै सूर्यको मुनि अन्तर्निहित हुने छाल तथा रत्नहरू जस्तै चम्किन्छ। यी रङले सेरेनिटी, आनन्द र सरसफाईको भावना जगाउँछ।

शक्तिशाली पर्फमेन्श
पर्फमेन्शको कुरा गर्दा,भिभो वाई २७निकै प्रभावशाली छ। यसको बलियो ५०००एमएएच ब्याट्री र शक्तिशाली४४वाट फ्ल्यासचार्ज भएकाले प्रयोगकर्ताहरूले पावर समाप्त हुने चिन्तानगरी लामो समयसम्म फोन चलाउन सक्छन् । यो स्मार्टफोन दक्षमिडियाटेक हेलियो जी८५ मोबाइल प्लेटफर्ममा सञ्चालन हुन्छजसले प्रयोगकर्ताहरूलाई सहज सर्फिङको साथ सशक्त बनाउँछ। स्मार्टफोनले ६जीवीर्याम+ १२८ जीवी रोम सहित पर्याप्त स्टोरेज प्रदान गर्दछ, जसले प्रयोगकर्ताहरूलाई स्टोरेज–सम्बन्धित चिन्ताहरू लाई हटाउछ ।

वाई२७ को उत्कृष्ट विशेषताहरू मध्ये एक यसको विस्तारित र्याम टेक्नोलोजी३.०हो, जसले ६जीवी र्याम + ६जीवीविस्तारित र्यामलाई समर्थन गर्दछ। यो नयाँविशेषतालेप्रयोगकर्ताहरूलाई पृष्ठभूमिमा सक्रियएपहरू राख्नअनुमति दिन्छ, जसले गर्दा प्रयोगकर्ताहरु सहजै एक एपबाटअर्कोएपमा स्विच गर्न सक्छन् । वाई२७ ६.६४ इन्च एफएचडी+ सनलाइट डिस्प्लेको साथ आउँछ जसले बाहिरी दृश्यतालाई परिष्कृत गर्दैचर्को घाममा पनि स्पष्ट र सहज दृश्य अनुभव सुनिश्चितगर्दछ। २३८८×१०८० को एफएचडी+ रिजोल्युसनमा, रङहरू तथा हरेक विवरण अझ जीवन्त देखिन्छन् । यो स्मार्टफोनले प्रयोगकर्ताहरू लाई चलचित्र हेर्दा वा गेम खेल्दाएक शानदार दृश्य अनुभव प्रदान गर्दछ।

स्पष्ट र तीव्र तस्वीरहरु
वाई २७ मा ५० एमपी अल्ट्रा क्लियर क्यामेरा रहेको छजसले दिन मात्र नभएर रातमासमेत उत्कृष्ट शटहरू खिच्छ। प्रकाशअवस्थाहरू जे भएपनि, प्रयोगकर्ताहरूले अब स्पष्ट तस्बिरहरू क्लिक गर्न सक्छन् जसले अल्ट्रा–शार्प तस्वीरहरूको लागिप्रत्येक विवरणलाई सुन्दरताका साथ क्याप्चर गर्दछ।

२ एमपीबोकेह क्यामेराले परिस्कृत एल्गोरिदम प्रदानगर्दै, सटीक र परिष्कृत परिणामहरू प्रदानगर्नुका साथै जीवन्त तस्वीरहरु खिच्छ । प्रयोगकर्ताहरूले ८एमपी फ्रन्ट क्यामेराको साथउत्तम र स्पष्ट सेल्फीहरू खिच्न सक्छन् । यसको एडभान्स क्यामेरा सुविधाहरूको साथ, वाई२७ ले प्रयोगकर्ताहरूलाई कमप्रकाशको अवस्थामा पनि आफ्ना साथीहरू र परिवारहरू सँग आश्चर्यजनक तथा जीवन्त तस्वीरहरु खिच्न अनुमति दिन्छ।

समग्रमा, वाई२७ ले बजारमा राम्रो प्रशंसा कमाएको छ। नेपाली बजारमारु २३,९९९ मा सार्वजनिक भएको वाइ २७ को उल्लेखनीय सौन्दर्यशास्त्र, र निर्बाध कार्यसम्पादनले यसलाई आफ्ना प्रतिस्पर्धीहरू बाट अलग राखेको छ, प्रयोगकर्ताहरुकालागि हरेक पक्षबाट एकउत्कृष्ट स्मार्टफोन बनेको छ। यसले उत्कृष्टताका सबै मापदण्डहरू पूरा गर्दै कमजोरीहरूको लागिकुनै पनिठाउँ राखेको छैन । एक पटक फेरि, भिभोले आफ्नो प्रतिष्ठालाई थप सुदृढ गर्दै स्मार्टफोन डिजाइनमा नवप्रवर्तन प्रति आफ्नो प्रतिबद्धता प्रमाणित गरेको छ। ग्राहकको दृष्टिकोणबाट, यो उच्च गुणस्तरको अलराउन्डर स्मार्टफोन सबै प्रयोगकर्ताहरुका लागि एक शीर्ष छनोट हुनेछ ।