२०८१ जेठ ५ , शनिवार

शिक्षाको गुणस्तर बढाउन वडामा अन्तरक्रिया

Capture (17)

गोविन्द तिमिल्सिना/ हेमजा। पोखरा महानगरपालिका वडा न. २५ को वडा भित्र रहेका शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन बुधबार अन्तरक्रिया गरिएको छ ।

 

शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन वडा तथा महानगरले गर्नुपर्ने क्रियाकलाप बारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले बताउनुभयो । उहाँले वडा बाट समाधान गर्न मिल्ने समस्यलाई तत्काल सम्बोधन गर्ने र अन्य विषयगत समस्या अनुरुप सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख भिम प्रसाद आचार्यले शिक्षाका लागि आउने आर्थिक गतिविधि बारे जानकारी दिदै शिक्षामा सन्तोष लिन नहुने बताउनुभयो । आगामी दिनमा शिक्षा समितिले अनुगमन गर्ने बताउदै शिक्षामा प्रबिधिको प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा सचिव सुबोध खनालले गत बर्ष वडामा भएका उपलब्धिको जानकारी गराउनु भएको थियो ।

 

बिद्यालयमा अनुगमन गर्नुपर्ने उल्लेख गर्दै बिद्यार्थीलाई वडा बाहिर जान नपर्ने बनाउन पर्नेमा सहभागीको भनाइ छ । सहभागीले सामुदायिक र संस्थागत बिद्यालयले एउटै पात्रो मा चल्नुपर्ने उल्लेख गर्दै सामुदायिक बिद्यालयमा धेरै बिदा भएको गुनासो गरेका थिए । बाल शिक्षालाई लगानी गर्नुपर्ने बताउदै सामुदायिक बिद्यालयमा भौतिक अभाव रहेको गुनासो रहेको छ ।

वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुचना अधिकृत ईश्वरीप्रसाद बाँस्तोलाले गर्नुभएको थियो ।