२०८१ बैशाख २१ , शुक्रवार

एशियाली शारीरिक सुगठनमा २५ राष्ट्रको सहभागिता रहने

Capture (14)
सुनाखरी न्युज/ काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासङ्घको आयोजनामा राजधानीमा ५५औँ एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता हुने भएको छ ।
यही भदौ १५ गतेदेखि २१ गतेसम्म हुने उक्त प्रतियोगितामा एशियाली राष्ट्रका २५ राष्ट्रले भाग लिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक महासङ्घको अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाललमा पहिलो पटक एशियालीस्तरको उक्त प्रतियोगिता हुन लागेको हो । दरबारमार्गस्थित याक एण्ड यती होटलमा हुने उक्त प्रतियोगितामा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्सतर्फ एक गरी ४५ विधामा प्रतिस्पर्धा हुनेछ ।
सात दिनसम्म सञ्चालन उक्त प्रतियोगिताको उद्घाटन खेलमा विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । रासस