२०८२ चैत्र ४ , बुधवार

धादिङ बस दुर्घटना: कम्तीमा ८ जनाको मृत्यु, घाइते १३ जनालाई उपचारका लागि काठमाडौं लगियो

सुनाखरी न्युज/ काठमाडौं ।
पृथ्वी राजमार्गमा बस दुर्घटनाको क्रममा घाइते भएका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय गजुरीका वरिष्ठ प्रहरी हवल्दार सूरवीर बुमीले जानकारी दिए ।

सख्त घाइते भएका १३ जनालाई काठमाडौंको ट्रमा सेन्टर लगिएको छ । बुधबार बिहान काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी नजिकै दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

 

 

बस नदीमा खसेको हुँदा केही बगेको र केही यात्रु बसमै च्यापिएको हुनसक्ने प्रहरीको अनुमान छ । नदीमा पानीको बहाव बढेकाले उद्धारमा कठिनाइ भइरहेको पनि बताइएको छ ।