२०८१ जेठ ६ , आइतवार

एन्फाको साधारण सभा भौतिक उपस्थितिमा गराउन माग

Anfa-Congress

सुनाखरी न्युज/ काठमाडौं ।

अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा भौतिक उपस्थितिमै गराउन शहीद स्मारक लिग खेल्ने ३२ क्लबले माग गरेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेर बुधबार ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका ३२ क्लबका प्रतिनिधिले कार्यवहाक अध्यक्ष वीरबहादुर खड्का, कार्यवहाक महासचिव अरुणमान जोशी र कोषाध्यक्ष रविन्द्र जोशीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

 

एन्फाको ११ साउनमा बसेको बैठकले भदौ २४ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको थियो । त्यो साधारण सभा भौतिक उपस्थितिमा र विभिन्न विषयमा सहज छलफल गर्न पाउने गरी आयोजना हुनु पर्ने उनीहरुको माग छ ।

११ साउनको बैठकले लेखा परीक्षकमा एलएससी एसोसिएटलाई नियुक्त गर्ने निर्णय गरिसकेको भन्दै त्यो निर्णयलाई अनुमोदन गर्नका लागि बोलाइएको विशेष साधारण सभाको कुनै औचित्य नभएको पनि उनीहरुले बताएका छन् ।