२०८१ जेठ ६ , आइतवार

थाई एयरवेज इन्टरनेशनलले उडानहरू पुनःसञ्चालन गर्दै, एजेन्टको रूपमा सोसाइटी इन्टरनेशनल ट्राभल नियुक्त

Capture (47)

सुनाखरी न्युज/ काठमाडौं । बैंकक स्थित मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनल, नेपालको अग्रणी एयरलाइन जि. एस. ए.— एजेन्सी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको बजारको लागि आफ्नो जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ ।

उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू भएको छ । सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थल स्थित सेवाहरू उपलब्ध गराउने छ । यस साझेदारी मार्फत, थाई एयरवेज इन्टरनेशनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्नेछ । सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाई एयरवेजले नेपाली उड्डयन इतिहासमा र नेपाली जनतामाझ विशेष स्थान राख्न सफल भएको छ । थाई एयरवेज इन्टरनेशनलले थाइल्याण्डमा विदेशी पर्यटन प्रवद्र्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुसार नेपाली जनतामा थाई एयरवेजको सेवा र सुविधाको उपस्थितिलाई सुदृढ गर्दै नेपाली बजारमा रहेको अवसरको सदुपयोग गर्न चाहन्छ ।

 

थाई एयरवेज इन्टरनेशनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पून सञ्चालनमा आएको प्रति खुसी व्यक्त गर्नुभयो । साथै उहाँले थप्नुभयो “थाइल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्यहरू जस्तै फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाई एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्याका लागि मात्र नभई दुई देशहरूबीचको आर्थिक गतिविधिहरुलाई समेत अभिवृद्धि गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको जनाउनुभएको छ । अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाई एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुनेछौँ भन्नेमा हामी विश्वस्त छौँ । थाई एयरवेजको सञ्चालनमा विगत देखि नै सहयोग गर्नुभएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण साथै नेपालको हाम्रो यात्रामा तथा सफलतामा योगदान पुराउने सम्पूर्ण टुर–ट्राभल एजेन्ट तथा कर्मचारीलाई धन्यवाद प्रदान गर्न चाहन्छौँ । ”

 

आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भन्नुभयो, “हामी थाई एयरवेज इन्टरनेशनलको नेपालका लागि जि.एस.ए नियुक्त भइ काम गर्न पाउँदा हर्षित र सम्मानित भएका छौं । हाम्रो नियुक्ती सोसाइटी इन्टरनेशनल ट्राभलको अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास सहितको स्थिानिय विशेषताको प्रतिबिम्ब हो भन्नेमा हामी विश्वस्त छौँ । सन् १९६८ देखि नेपालमा उडान सञ्चालनको आफ्नो गौरवशाली इतिहासको साथ, थाई एयरवेजले नेपाली जनताको हृदयमा विशेष स्थान राखेको छ र यसले नेपाली जनतालाई ‘भ्याकेसन’ र ‘अन–बोर्ड सरभिस’ को अवधारणा परिचय गराउनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । बैंकक नेपाली परिवारका लागि पुस्तौँ देखि विदेशी भ्याकेसनको पहिलो गन्तव्य बनेको कुरा यथावत् नै छ । थाई एयरवेजको उडान पुनःसञ्चालनले पर्यटकहरूलाई नेपाल भ्रमणका लागि थप कनेक्टिभिटी उपलब्ध गराएर नेपाली पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न पनि मद्दत गर्नेछ भन्नेमा हामी विश्वस्त रहेका छौँ ।”