२०८१ जेठ ६ , आइतवार

प्रधानन्यायाधीश श्रेष्ठको शपथग्रहणः उपसभामुखलाई चिठी आएन

Upa Savamukh

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएपछि प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगरले असन्तुष्टि जनाएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे शीतल निवासमा श्रेष्ठलाई शपथग्रहण गराउने कार्यक्रम थियो । यसअघिका शपथहरुमा राष्ट्रपति कार्यालयले उपसभामुखलाई बोलाउने प्रचलन थियो ।

 

‘यसपटक चिठी आएको छैन,’ सिंहदरबारस्थित कार्यकक्षमा रहेकी उनले भनिन्,’मन्त्रीहरुको शपथमा समेत औपचारिकरुपमा बोलाइन्थ्यो । यसपटक भने प्रधानन्यायाधीशको शपथ कार्यक्रममा चिठी आएन, बोलाए भने जाने हो । नबोलाइत किन जानु ।’

उपसभामुख संवैधानिक परिषद्को‌ सदस्यसमेत हुन् ।