२०८१ जेठ ६ , आइतवार

चार देशीय टी-२० सिरिजमा नेपालले आज हङकङसँग खेल्दै

Nepal-vs-honhcong

सुनाखरी न्युज/ काठमाडौं ।

मलेसियामा आजदेखि सुरु हुने चार देशीय महिला टी-२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ ।

 

यही अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप चारदेशीय टी(२० सिरिज खेल्न लागिएको हो ।

नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुनेछ । खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।

त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ ।