२०८१ बैशाख २० , बिहिवार

धरहरा उद्घाटनको २ वर्ष बिते पनि निर्माण अझै अपूरो

Dharahara32

सुनाखरी न्युज/ काठमाडौं ।
धरहरा उद्घाटनको २ वर्ष बिते पनि निर्माण अझै अपूरो छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ सालमै हतारहतार उद्घाटन गरेको धरहरा निर्माण अझै सकिएको छैन । निर्माणको भौतिक प्रगति ८५ प्रतिशत मात्रै छ, जबकि ०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहराको निर्माण सकिने म्याद मात्रै पाँच पटक थपिएको छ ।

सुरु ठेक्का सम्झौताअनुसार सकिनुपर्ने अवधि ०७७ असोज १४ थियो । पछिल्लो पटक आगामी असोज मसान्तसम्मलाई म्याद थपिए पनि काम सकिने छाँट भने छैन ।

 

६र६ महिनाका दरले म्याद थप गर्दै आए पनि काम नसकिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९भवन तथा आवास० ले जनाएको छ । यसको ठेक्का जीआईईटीसी–रमण जेभीले लिएका हुन् । जसको ठेक्का ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँ छ । अहिलेसम्म २ अर्ब ६८ करोड ८ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । ०७८ वैशाख ११ मै उद्घाटन भइसकेको भनिएको धरहरा सर्वसाधारणका लागि अझै खुला भएको छैन । त्यसैले धरहरा चढ्न नपाएका सर्वसाधारणले सडकबाटै हेर्ने र फोटो खिचेर चित्त बुझाउने गरेका छन् । धुमधामले उद्घाटन गर्दा समग्र आयोजनाको ४२ प्रतिशत मात्र प्रगति थियो ।

 

सुरुमा कोभिडको प्रभाव निर्माणमा परेको आयोजनाको भनाइ छ । ठेक्का निकाल्दा ५ रोपनी जग्गाभित्र निर्माणको काम गर्ने उल्लेख थियो । पछि काम गर्दै लग्दा ४२ रोपनी पुगेको आयोजनाका एक इन्जिनियरले बताए ।

 

धरहरा उद्घाटन गर्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली थिए । प्राधिकरणको समयावधि सकिएपछि ०७८ पुसमा पुनर्निर्माणका काम सम्बन्धित मन्त्रालय हुँदै विभागहरूको जिम्मा लगाइएको हो । यसको ठेक्का दुई भागमा विभाजन गरेर गरिएको हुँदा पहिलो भागअन्तर्गत धरहराको निर्माण सकिएपछि उद्घाटन गरिएको तत्कालीन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।