२०८१ जेठ ६ , आइतवार

कर्णालीमा १३२ केभी प्रशारण लाइन जोडिने छ : मन्त्री बस्नेत

Capture – 2023-08-21T185306.837

सुनाखरी न्युज/ काठमाडौं ।
ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा छ महिनाभित्र १३२ केभी प्रशारण लाइन जोडिने बताउनुभएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा नेकपा (माओवादी केन्द्र) ले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको बताउनुभयो । विद्युत् नपुगेका ठाउँमा सौर्य मिनिग्रेटमार्फत उज्यालो पुर्‍याउने काममा मन्त्रालय जुटेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतका अनुसार दुई वर्षभित्र कर्णालीका सिँचाइ योग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उहाँले दुई वर्षभित्र कर्णाली भरी विद्युतीकरणको काम पूरा गर्ने दाबी गर्नुभयो । मन्त्री बस्नेतले पार्टीलाई श्रम र उत्पादनमा जोड्नका लागि सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस