२०८१ जेठ ५ , शनिवार

सर्पले टोकेर मृत्यु

death

सुनाखरी न्युज/ काठमाडौं ।
झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।

उहाँका अनुसार राजवंशीलाई शनिबार दिउँसो घरमै करेत सर्पले टोकेको थियो । सर्पले टोकेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याए लगत्तै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस