२०८१ जेठ ५ , शनिवार

पुलमा झुण्डिएका व्यक्तिको सकुशल उद्धार

Muglin-pul-bridge-arch

सुनाखरी न्युज/ काठमाडौं ।

मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका- ६ का ४५ वर्षका कृष्ण परियार चितवन र तनहुँ जोड्ने मुग्लिन  पुलमा झुण्डिएका थिए ।

खबर पाएपछि पुगेको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जीवितै उद्धार गरेको हो ।

 

परियारको हाल मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनी पुलमा झुण्डिनुको कारण भने नखुलेको सशस्त्र प्रहरी बलले जनाएको छ ।