२०८१ जेठ ८ , मंगलबार

एभरेष्ट बैंकद्वारा आकर्षक ब्याजदरमा झन्झट रहित Retail/SME Loan “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात

सुनाखरी न्युज/ काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरु लाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्धगराउने उद्देश्यका साथआफ्ना १२७ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

आउँदै गरेको चाडपर्वहरु तिज, दशैं, तिहार र छठको शुभअवसरमा बैंकले नेपाली नागरिकका लागि“एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात गरेको छ । भाद्र १गते देखीलागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ ५को स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि१०० ५सम्मबैंक लगानी रहने छ। सवारी कर्जा १०.९९ ५को स्थिर व्याजदरमा प्राप्त गर्नुका साथैविद्युतिय सवारीमा ८० ५सम्म बैंक फाइनान्स रहने छ ।साथैव्याक्तिगततथा संस्थागतप्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ ।

तिन महिनाको लागि लागु हुने“एभरेष्ट फेस्टिभ बोनान्जा २०८०”माकृषि साना तथा मझौला कर्जा आधार दर र १.५० ५को प्रिमियम दरमा उपभोग गर्न सकिने छ । । साथै बैंकका नायब महाप्रबन्धक गौरव कुमारले सम्पूर्ण ग्राहक महानुभावहरु लाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आव्हान समेत गर्नुभयो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हाल सम्म करिब १३लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ATM सहितविश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।