२०८१ बैशाख १६ , आइतवार

सुनको भाउ स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।