२०८३ जेठ ४ , सोमवार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

adalat

सुनाखरी न्युज /  काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा भएको सुनुवाइ स्थगित भएको हो ।काठमाडौं जिल्ला अदालतमा लामिछानेविरूद्धको मुद्दा न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ।

 

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि पटक–पटक मुद्दा सुनुवाइका लागि पेशी चढे पनि स्थगित भएका थिए ।

 

लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाइ रोकिएको थियो । लामिछाने फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो ।आजको इजलासले पीडित ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको छ । ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण भएपछि अदालतले पुनः पेशी तोक्ने जनाइएको छ ।