२०८१ जेठ ८ , मंगलबार

सर्वसाधारणलाई प्रिमियममा सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि

Capture – 2023-08-17T141854.305

सुनाखरी न्युज/ काठमाडौं ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन ३२ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता  शेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको छ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।