२०८१ बैशाख २० , बिहिवार

१४ वाणिज्य बैंकले बढाए निक्षेपको ब्याजदर, तीनले घटाए

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

१४ वाणिज्य बैंकले  भदौको लागि ब्याजदर बढाएका छन्। कुमारी, प्रभु, नेपाल एसबिआई, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, लक्ष्मी सनराइज, सानिमा, कृषि विकास, सिटिजन्स, ग्लोबल आइएमई, एभरेष्ट र नेपाल बैंकले मुद्दती र साधारण बचतमध्ये कुनै न कुनै ब्याजदर बढाएका छन्। धेरैले मुद्दती निक्षेपको ब्याजदर नै बढाएका छन् भने केही साधारण बचतको ब्याजदर बढाएका छन्।

एनएमबी, प्राइम र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर घटाएका छन्। गत महिना केही वाणिज्य बैंकले उच्च ब्याजदर दिँदा एक बैंकबाट अर्को बैंकमा ४३ अर्ब रूपैयाँसम्म खोसाखोस भएको बैंकरहरूले बताउँदै आएका छन्।

 

१४ मध्ये ९ वाणिज्य बैंकले मुद्दती र साधारण दुवैको ब्याजदर बढाएका छन्।

कृषि विकास, ग्लोबल आइएमई, सिटिजन्स, एभरेष्ट, सानिमा, कुमारी , प्रभु, राष्ट्रिय वाणिज्य र नेपाल बैंकले दुवै दर बढाएका हुन्।

यी ९ बैंकले साउनको लागि मुद्दतीमा ८.९९ प्रतिशतदेखि १०.१ प्रतिशतसम्म ब्याजदर तोकेका यी बैंकले भदौको लागि ९।५१ देखि १०।८९६ प्रतिशतसम्म तोकेका छन्।

एभरेष्ट, सानिमा, कृषि विकास र लक्ष्मी सनराज बैंकले भने मुद्दती निक्षेपमा यसअघिकै दरलाई तल्लो सीमा बनाएर माथिल्लो सीमा समेत राखेका हुन्।

साउनको लागि साधारण बचतमा ४।८५ प्रतिशतदेखि ८ प्रतिशत ब्याजदर तोकेका बैंकहरूले भदौको लागि भने न्यूनतम ४।९७ प्रतिशतदेखि ८ प्रतिशतसम्म नै तोकेका छन्।

नेपाल एसबीआई, नेपाल इन्भेष्टमेन्ट मेगा र माछापुच्छ्रे बैंकले भने साधारण बचतको दर मात्रै वृद्धि गरेका छन्। नबिल बैंक र हिमालयन बैंकले भने मुद्दती र साधारण बचत दुवैको ब्याजदर यथावत राखेका छन्।

 

नोट: रेमिट खातामा बैंकहरूले १ प्रतिशत बढी ब्याजदर दिन्छन्। यो तालिकामा रेमिट खाता समावेश छैन।