२०८१ जेठ २ , बुधवार

राप्रपाको वास्तविक स्थिति

Capture

अर्जुन कंडेल। कस्को पालामा राप्रपा कती माथि गयो वा तल आयो भन्ने गफ सुरू गर्नु मुर्खता मात्र हो। यथार्थमा के छ भने २०४८ सालको चुनाबमा संसदमा ४(चार) सिट भएको राप्रपा,
१)पशुपती शम्सेर जबरा
२)डा.प्रकाशचन्द्र लोहनी
३)राम कृष्ण आचार्य
४)अकबर बहादुर सिंह
२०५१ सालको मध्यावधी चुनाबबाट १९ सिटमा पुग्यो र खसेको कुल मतको १८ प्रतीसत भन्दा बढी मत प्राप्त गर्यो।ऐलेको हिसाबले यहीनै राप्रपाको उच्चतम उपलब्धी थियो र २०५१ को चुनाब परिचालनको नेतृत्व राप्रपा नेताहरू लोकेन्द्र बहादुर चन्द, सुर्य बहादुर थापा, राजेस्वर देबकोटा, डा. प्रकाशचन्द्र लोहनी, पशुपती शम्सेर जबरा, पदम सुन्दर लावती, जोगमेहर श्रेष्ठ, रबिन्द्र नाथ शर्मा, कमल थापा, हरी बहादुर बस्नेत, बुद्वी मान तमागं जस्ता हस्तीहरूले गरेका थिए।
२०५१ को चुनाब पछी नेपाली कांग्रेस र एमालेको चक्रब्युहमा परेर लोकेन्द्र बहादुर र सुर्य बहादुर बिचको मनमुटाबले राप्रपा कमजोर भयो।अहिलेत धेरै कमजोर छ, राप्रपाको ईतीहांसमै यत्ती कमजोर कहिल्यै थिएन।उपनिर्बाचनमा ३(तिन) जिल्लाबाट ७०० मत (तनहुं, चितवन र बारा)बाट प्राप्त हुनुले हाम्रो अहिलेको हैसीयत सबै नेता, कार्यकर्ता र जनता माझ छर्लगं छ।
तसर्थ यथार्थ नबुझी झुसीलो डकार निकालेको देख्दा हांसो उठ्छ।
तर हामी आज भन्दा धेरै माथी उठ्न सक्छम् र बिगतमा उठेको पनि हो। त्यसकारण कसरी माथी उठ्ने भन्ने पट्टी सबै मिलेर लागौ।
कसैले कसैको घरमा चिया खाने बित्तीकै निन्द्रा हराउने मनस्थीती हामी सबैले नराखौ।यस्ले स्वास्थलाई राम्रो गर्दैन।पार्टीका बरिष्ठ नेताहरू, शुभचिन्तक र प्रतिबद्व साथीहरूको छलफलबाट तर्सीने बानी छोडौं।बरू यस्लाई स्वागत गरौं।यसबाट मात्रै पार्टीको हित हुन्छ।
पार्टी ठुलो हुने एउटाको जीतले होईन, समझदारी र बिश्वासमा अडेको सबैको दिर्घकालीन जितबाट मात्र संभब छ ।
राप्रपाको अहिलेसम्मको अनुभबले त्यही बताउंछ !!!

राप्रपा संस्थापक कार्यकर्ता ! रासस