२०८१ बैशाख ३१ , सोमवार

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्ड

Capture (20)

सुनाखरी न्युज/ काठमाडौं । चौधरी ग्रुपकाअध्यक्षएवं सांसदविनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफदिइयर २०२३’ बाट सम्मानगर्ने भएको छ । दुबईस्थित म्यूजियम अफदि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीहरूकावीचहुने एक भब्य समारोहमा यस अवार्ड बाट चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ ।

 

एशियन अवार्डले व्यवसाय,कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामाउत्कृष्ट योगदान पु¥याउने प्रतिभालाई सम्मानगर्दै आएको छ ।यस अवार्डबाट यसअघि आर्ट अफलिभिङका सस्थापकश्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी,अभिनेताज्याकीच्यानलगायत सम्मानितभएकाछन् । नेपालकाएकमात्रफोब्र्समा सुचिकृत अर्वपतिउद्योगीएवं समाजसेवी चौधरीले फाउन्डेसनमार्फत नेपालमाप्रभावकारी रुपमासामाजिककार्यहरु गर्दै आएका छन् । नेपालमा सन् २०१५मागएको महाभुकम्पका समयमाभूकम्प पीडितका लागिकरिव तीनहजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ओटापक्की घर निर्माण गरेको थियो । भुकम्पका बेलामा गरेको योगदानमाथिफोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो ।

 

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारीपश्चात कोभिड प्रभावित सर्वसाधारण नेपालीनागरिकको उपचारलाई सहजबनाउनवीर अस्पतालमा १८ बेडको आईसीयूनिर्माण गरि सञ्चालनमाल्याएको थियो । कोभिड महामारीको समयमाआईसियू बेडको अभावमाउपचार गर्न नपाएका सर्वसाधारण नागरिककालागिउक्त बार्ड निर्माणले ठूलो राहतपुगेको थियो । फाउण्डेसनले कान्तिबाल अस्पतालकोआकस्मिक वार्ड (इमर्जेन्सी वार्ड)निर्माण गरि हस्तान्तरण गरेको थियो । त्यस्तै, चौधरी फाउन्डेसनले सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरूपनि सहयोग गरेको थियो ।अहिले चौधरी फाउण्डेसन नेपालकादुर्गम क्षेत्रमा स्वास्थ्य सेवाप्रभावकारी बनाउन स्थानीय अस्पतालहरुको गुणस्तर अभिवृद्धि गरि स्थानीयनागरिकले घर नजिकै गुणस्तरीय सेवापाउने वातावरण बनाउनलागिरहेको छ ।

 

चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत्व्यवस्थापन, उद्यमशिलताविकास, सीप र जीविकोपार्जन,महिला सशक्तिकरण,आध्यात्मिकएवं सम्पदा संरक्षण क्षेत्रमाकामगर्दै आएको छ ।चौधरी एक सफल नेपालीउद्योगी, लेखक, राजनीतिज्ञ तथा समाजसेवीहुन् । नेपालीकांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरीनवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमानिर्वाचित सांसद रहेका छन् ।अन्तर्राष्ट्रिय रुपमाख्यातीप्राप्तचौधरीको आत्मकथाविश्वकाविभिन्न सातभाषामाप्रकाशित छ ।