२०८१ जेठ ५ , शनिवार

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

arrest1

सुनाखरी न्युज/ काठमाडौं ।
कीर्तिपुर नगरपालिका-३ देवढोकास्थित सार्वजनिक स्थल(पाटि)मा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित स्याङ्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय देवी प्रसाद सिलवाल समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।