२०८१ बैशाख ३१ , सोमवार

सार्वजनिक यातायातको भाडा बढ्यो,यस्तो छ नयाँ भाडादर

bus

सुनाखरी न्युज/ काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले साउन ३१ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ४. ७० प्रतिशतले भाडा बढाइएको छ ।

पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.१५ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.८३ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

638277888810863907