२०८१ जेठ ५ , शनिवार

नेप्सेमा गिरावट, एक अर्ब ६७ करोडको कारोबार

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २०.३१ अंकले घटेर दुई हजार २५ दशमलब १२ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज एक अर्ब ६७ करोड ९९ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८५ कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

 

यसको शेयरमूल्य आज ८.०६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडकोे भएको छ । यस कम्पनीको आज ८ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।