२०८१ जेठ १ , मंगलबार

मध्य भागमा रहेको सहर भन्दा अलि पर एकान्त स्थान वाट जम्मा दुई वुदामा लेख्न मन लाग्य‍‍ो

Capture (42)

जनकराज पाठक । मध्य भागमा रहेको सहर भन्दा अलि पर एकान्त स्थान वाट जम्मा दुई वुदामा लेख्न मन लाग्य‍‍ो कस्तो लाग्छ हजुर ?

१)इतिहास नवुझ्ने हरुको भिडमा उभियर विगत लाई चर्चा गर्न थालियो भने कथा भनेको कि निबन्ध भनेर मुर्खहरु हास्न थाल्छन।जसलाई विगत थाहा छैन त्यो वर्तमानमा कसरी हिडेको होला अनि भविष्यमा काहा पुग्ला त्यसता प्रती दया लाग्छ।
उमेर जति भयपनि शारीरिक,मानसिक र बौद्धिक रुपमा स्वस्थ मान्छे बूढो हुदैन र भनिदैन।जसलाई चार अक्षर सामाजिक संजालमा लेख्न अरुको साहारा चाहिन्छ त्यो बौदिक अपांग हो त्यसतालाइ ४०,४२ कै भयपनि बूढो भनिन्छ।स्वस्थ,तन्दुरुस्त अवस्थामा पनि अर्काको दलाली गरेर जसलाई लेख्न लगाइन्छ वा जो लेख्छन त्यो मानसिक रुपमा बूढो हो। रमाइलो लाग्छ संसार हेर्दा जसलाई नलेखि पनि हुुदैन लेख्न अरुको साहारा चाहिने। अरुको साहारामा गन्तव्यमा पुग्न कठिन हुन्छ।किनेर राखेको वैसाकि ले त सधैभरि साथ दिदैन भने स्वार्थमा मिलेका झगडिया हरुको साथ कति समय रहला र टिक्ला ।

 

आफ्नो मन मारेर,आँखा चिम्लियर,अरुले भनेको भरमा स्तुति गान केही समय त टिक्ला तर दिर्घकालिन हुदैन।शरिरिक,मानसिक र बौद्धिक रुपमा स्वस्थ युवाहरु मुलुक निर्माणका मेरुदण्ड हुन यिनिहरुको दुरुपयोग महापाप हो।सापटी मागिमागि बौद्धिकता लाई वजारमा लिलाम गर्नेहरु प्रति दया सिवाय केही गर्न सकिदैन।
२)राजा मन्दिर दर्शनमा जादा हल्लिने गणतन्त्र र
चार जना वसेर छलफल गर्दा काप्ने नेतृत्व ..
यिनिहरु अग्रगमनका बाधक हुन अर्थात प्रतिगामी हुन।

गणतन्त्र वादी दल र यसका नेताहरुले विशाल हृदय का साथ सवैको नेतृत्व गर्न नसक्दा जसरि गणतन्त्र कमजोर भयको छ त्यसैगरि ४ जना वसेर भलाकुसारि वा छलफल गर्दा काप्ने नेतृत्व को कारण सवै दलमा आन्तरिक प्रजातन्त्र कमजोर भयको छ।वाद विवाद र छलफल वाट डराउने र भाग्ने,फरक विचार संग आत्तिने र चिच्चाउने,आफ्ना स्तुति गान गाउने संग मात्रै रमाउने,अरुलाइ वरपर नै आउन नदिने।
क्या हो तपाईं त वाह!वाह !!भन्ने हरुको भिडवाट बाहिर निस्कन नसक्ने प्रवृत्ति को कारण आज सवै दलमा आन्तरिक प्रजातान्त्र हराउदै गयको छ।
आन्तरिक प्रजातन्त्रको प्रयोग गर्न नसक्ने दलहरुको कारण मुलुकमा राजनीतिक अस्थिरता देखिन थालेको छ अर्थात प्रजातन्त्र कमजोर हुदै गयको छ ।प्रजातन्त्र लाई बलियो वनाउन पनि छलफल,वादविवादको आवस्यकता आजको दिनमा संसार भरि छ।यसलाई नभुलौ।
जय राष्ट्रवाद🙏 रासस