२०८१ जेठ ६ , आइतवार

सुनको भाउ स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।