२०८१ जेठ १९ , शनिवार

रवि लामिछानेले भने: सदन हाइज्याक भयो

ravi Lamichane

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले  नेकपा एमाले र नेपाली कांग्रेसले सदन कब्जा गरेको भन्दै विरोध जनाएको छ ।

नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारसित कुरा गर्दै रास्वपाका सभापति रवि लामिछानेले सभामुखको कार्यशैलीप्रति पनि प्रश्न उठाए । उनले सदन हाइज्याक भएको आरोप लगाए ।

‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन,’ सभामुख देवराज घिमिरेप्रति लक्षित गर्दै लामिछानेले भने, ‘दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन ।’

आफूसँग केही सूचना भएको र ती सूचना संसदमा रेकर्ड गराउन चाहेको तर सभामुखले त्यो अवसर नदिएको उनले बताए ।

‘संसदीय मुल्य मान्यता सिद्धान्तमा अडिग रहेर आएको हामीजस्तो नयाँ राजनीतिक दलका लागि यो दुखद विषय भयो,’ लामिछानेले भने, ‘हामीले यस्तो अपेक्षा गरेकै थिएनौं ।’