२०८१ बैशाख ३१ , सोमवार

सुन आयात कर लगाएर खोल्नुपर्छ: देउवा

Sher-Bahadur-Deuba

सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कर लगाएर सुन आयात खोल्नुपर्ने बताएका छन् । सुनको आयात खुलाको नीति नहुँदा तस्करी मौलाएको र यसको दीर्घकालीन निराकरण कर लगाएर आयात खोल्दा मात्र हुने उनले बताए ।

क्विन्टल सुन तस्करीको विषयमा छानबिन माग गर्दै एमालेले संसद अवरोध गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । तीन दिन बसेको बैठकको अन्तिममा आज देउवा बोलेका हुन् ।

 

संसदीय दलको बैठकलाई सोमबार सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले यस्तो धारणा राखेका हुन् । उनको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘सुन आयात खोल्नु पर्‍यो । न्यूनतम कर लगाएर खोल्नुपर्‍यो, नत्र यो समस्या जहिले पनि रहिरहने भयो भन्ने सभापतिज्यूको कुरा छ ।’